बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाका गौरवका आयोजनालाई कार्यन्वयन गरिने भएको छ । नगरले आगामी ५ वर्षभित्र तीनै तहका सरकारको लगानीमा नगर गौरवका आयोजनाहरु कार्यान्वयन गर्न लागेको आर्थिक बर्ष २०८०/०८१ का लागि सार्वजनिक गरेको नगर विकास योजना पुस्तिकाका उल्लेख गरेको छ । 

नगरको गौरव ओजना अन्तरगत नगर रिङरोड निर्माण, डिजिटल सेवा प्रवाहका लागि प्रविधियुक्त प्रशासनिक भवन निर्माण, डोमालाल राजवंशी स्मृति रंगशाला स्तरोन्नति, बुधवारे बजार (देवी हाट) लाई व्यवस्थित गर्दै बहुतले पार्किङसहितको व्यावसायिक भवन निर्माणलाई कार्यन्वयन गरिने पुस्तकमा उल्लेख छ । 

त्यस्तै बुट्टाबारी प्याकुरेलचोक जोड्ने स्मार्ट सडक निर्माण, बिर्ता बजार कृषि तथा सामुदायिक भवन निर्माण, थप ४ तले नयाँ भवन निर्माण सम्पन्न गरी नगर अस्पताल २५ बेडमा स्तरोन्नति गरी सुविधा सम्पन्न बनाइने, सबै खेतीयोग्य जमिनमा सिंचाइ सुविधा उपलब्ध गराइने, सबै वडा तथा टोलहरुमा पाइपलाइन खानेपानी विस्तार गरिने जनाइएको छ  ।