लक्ष्मीपुर ।
झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको मोरङको बलिया सेवा केन्द्रले बित्तिय साक्षरता तथा सहारासँग तीज उमङ्ग कार्यक्रम गरेको छ ।
![](/uploads/advertise/amiti collage_1719659707.jpg)
नेपालकै ठूलो सहकारीका रुपमा स्थापित साकोसको सेवा केन्द्र बलियाको आयोजनामा मोरङको सुन्दरहरैंचा–४ स्थित भोलेश्वर शिवालय मन्दिरमा शुक्रवार (आज) कार्यक्रम सम्पन्न गरेको हो ।
सहारा नेपाल साकोस बलिया सेवाकेन्द्र सहयोग उप–समिति सम्योजक तेजप्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष ४ कैलाश बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।
![](/uploads/advertise/bells add 2_1719834723.jpg)
कार्यक्रममा सुन्दरहरैचा–४ का सदस्य शान्ति चौधरी, राजकुमारी बिक, ब्यापार संघ बलियाकी सदस्य भिमकुमारी ढकाल, सहकारी अभियन्ता तथा अग्रणी कृषि सहकारीका अध्यक्ष अम्बिका दाहाल, लायन्स क्लब बलियाका पूर्व अध्यक्ष रचना राईलगायतको आतिथ्य रहेको थियो ।
सेवाकेन्द्र केन्द्र कर्मचारी निर्मला रिजाले स्वागत गरेको कार्यक्रमको औचित्व माथि प्रकाश साथै सस्थाको वित्तिय विवरण सेवाकेन्द्र प्रमुख शिला कडरियाले प्रष्ट पारेकी थिइन् । कार्यक्रमको सञ्चालन सेवा केन्द्र कर्मचारी अम्बर लिम्बुले गरेका थिए ।
![](/uploads/advertise/newtons add_1719832473.jpg)
कार्यक्रममा जेष्ठ नागरिकका रुपमा नीरमाया दाहाललाई सम्मान गरिएको थियो भने हाजिरि जवाफ, खुल्ला नृत्य प्रतियोगिता, सामुहिक नृत्यसहित दर खुवाइएको कार्यक्रममा एकसय ५० बढीको सहभागीता रहेको कर्मचारी लिम्बुले जानकारी दिएका छन् ।