हल्दिबारी । 

राष्ट्रिय बाल दिवसको अवसरमा हल्दिबारी गाउँपालिका स्तरीय बाल संजालले अन्तर माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता शुक्रबार (आज) सम्पन्न गरेको छ । 

हल्दीबारी गाउँपालिका बाल संजाल अध्यक्ष पवन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य छविलाल चुडालको प्रमुख आतिथ्य तथा गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको विशिष्ट आतिथ्य रहेको थियो । 

कार्यक्रममा वडा नं १ वडाध्यक्ष देवीबहादुर थापा, २ का वडाध्यक्ष सुकलाल राजबंशी, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, बालबालिका शाखा प्रमुख तृष्ण मगर, शिक्षा शाखा प्रमुख जनक कुमारी राई,  गाउँपालिकाका अन्य कर्मचारीको आथ्यि रहेको थियो ।  प्रतियोगिताको निर्णायकका रुपमा भद्रपुर नगरपालिका कर्मचारी अधिकृत स्तर सातौं मुना श्रेष्ठ, हल्दीबारी गाउँपालिका प्रशासन शाखा प्रमुख   बाबुराम ढकाल र भद्रपुर नगरपालिकाकै कर्मचारी अधिकृत स्तर पाँचौं उमा पोख्रेल थिए ।

‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने विषयमा  सम्पन्न भएको वक्तृत्वकलामा प्रथम सिग्मा ईङ्लिस स्कूलकी छात्रा विमला ओली, दोश्रो चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालय हल्दिबारी ३ का छात्र विशाल बन र तेस्रो चिल्ड्रेन गार्डेन एकाडेमी हल्दिबारी १ की छात्रा बिनिता बस्नेत भएका थिए । प्रथम हुनेलाई नगद पुरस्कार १० हजार, द्धितीय हुनेलाई ७ हजार ५००, र तृतीय हुनेलाई नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।