झापा । 

झापाका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागू औषधका साथमा एक जना भारतीयसहित दुई जनालाई शनिवार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारतको पोराभिट्टा, जिरनगाछ किसानगञ्ज जिल्ला बिहार का अन्दाजी २१ बर्षिय लाल मिया र बुद्धशान्ति गाउँपालिका वडा नम्बर ७ सुनमाइका २८ बर्षिय  आषिश राई छन् । 

अर्जुनधारा–११ बसपार्कस्थित ताप्लेजुङ फक्तालुङ होटल अगाडीबाट लाल मियाले प्रहरीलाई देख्ना साथ होटलको दोश्रो तलासम्म भागेकोले लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले पछ्याई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर ११८ ग्राम ७१० मिलीग्राम फेला परेकोले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

त्यसैगरी ईलाका प्रहरी कार्यालय बुधबारको प्रहरी टोलीले आषिश राईको घर कोठामा शंका लागेर चेकजाँच गर्दा कोठाको सिरानी मुनी लुकाएर राखेको ब्राउन सुगर २ ग्राम फेला परेकोले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।