मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर १७ मटेरुवाबाट लागू औषध ब्राउन सगुरसहित दुई जनालाई प्रकाउ गरिएको छ ।

पक्राउ पर्नेमा  सुनसरीको ईटहरी उपमहानगरपालिका २० का ३७ बर्षीय अमृत पुरी र धरान उप–महानगरपालिका १ का ३० बर्षीय सुशान्त रिजाल रहेका छन् ।

सोमवार भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश १–०२’०५२ प २७१७ नम्बरको मोटरसाईकललाई लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला पारी उनीहरुलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको  कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।