झापा ।
प्रतिबन्धित लागू औषधसहित तीन जनालाई झापाबाट प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ पुरानो मेचीपुलबाट लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै उनीहरुलाई खैरो हिरोइनसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मेचीनगर–९ का २८ बर्षिय अरुण दर्जी र मेचीनगर–१० का ४६ बर्षिय भोजबहादुर सार्की र मेचीनगर–३ का २२ बर्षिय युवराज गिरी छन् ।
भारतबाट नेपालतर्फ बुधवार एउटै साईकलमा आउँदै गरेका दर्जी र सार्कीलाई शंका लागेर चेकजाँच गर्दा साईकलको बायाँ तर्फको हेण्डलको प्वालमा सेतो रंगको प्लाष्टिकमा पोका पारी लुकाई छिपाई ल्याउदै गरेको खैरो हेरोइन १ ग्राम फेला परेकोले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
सोही स्थानबाट छुट्टै समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–०१५ प.७३३४ नं.को स्कुटीलाई शंका लागेर चेकजाँच गर्दा स्कुटी चालक गिरीको साथबाट ५ ग्राम १०० मिलिग्राम खैरो हेरोईन फेला परेकोले नियन्त्रणमा गरिएको जनाइएको छ ।
नियन्त्रण गरिएका तीनै जनालाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















