झापा ।
 झापको दमकबाट जुवाडे पक्राउ परेका छन्  । दमक ७ हाटखोला स्थित कर्णबहादुर राईको घरमा पैसाको हार मार हुने गरी पैसाको बाजि थापी जुवाजन्य खेल तास खेली रहेको भन्ने विशेष सूचनाको आधारमा ईप्रका दमकबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरिएको हो । 
खालमा पैसाको बाजी थापी हारजित हुने जुवाजन्य खेल तास खेलीरहेको अवस्थामा फेला पारी ११ जनालाई नियन्त्रणमा लिई खालमा बाजी थापी राखेको अवस्थाको विभिन्न दरको नगद तीन लाख त्रिपन्न हजार छ सय र तास तिन बुङको १६५ पत्ता, समेत रीतपुर्वक बरामद गरी ईप्रका दमकमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।