झापा ।
झापाको एक उद्योगमा आगलागी भएको छ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ११ स्थित धाइजनमा पनि आगलागी भएको हो । मेचीनगर–११ धाइजनका शान्तिराम चिमरीयाले सञ्चालन गरेको धाइजन पशुपालन तथा रबर उद्योग प्रालिमा शुक्रवार (आज) बिहान अन्दाजी ९ः३० बजे आगलागी भएको प्रहरीले जनाएको छ ।
रबर सुकाउने क्रममा रबर सुकाउने भट्टीबाट अचानक आगलागी भएको भनेर १० बजे बजेको समयमा प्रहरी चौकी चारआलीमा जानकारी प्राप्त हुन साथ प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।
मेचीनगर नगरपालिकाको दमकल र स्थानियबासीको सहयोगमा बिहान ११ बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट रबर, रबर बनाउने मेसिन, १५० मन धान पूर्ण रुपमा जलेर नष्ट हँुदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानविय तथा चौपायाको भने क्षति नभएको.जनाइएको छ ।


















