बिराटनगर।

उदयपुरबाट लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका–६ मा ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लिमचुङबुङ गाउँपालिका–५ का १९ बर्षीय रुपेश कार्की, १९ बर्षीय निर्पन खत्री र चन्दन प्रसाद घिमिरेलाई ४ सय ग्राम गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।