सुरुङ्गा । 

झापामा वर्तमान समयमा सञ्चार एवंम् सामाजिक भुमिकामा जीवनशैली, अध्यात्म र हाम्रो चिन्तन बिषयमा अन्तरक्रिया भएको छ ।

रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा कनकाई नगरपालिकाको सभाहलमा बिहीवार (आज) भएको उक्त अन्तरक्रिया कार्यक्रमको सहजीकरण सञ्चारकर्मी टीकाराम यात्रीले गरेका हुन् । 

रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, उद्योग बाािणज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोखरेल, सामाजिक ब्यक्तित्व भक्तिप्रसाद सिटौलालगायत झापाली सञ्चारकर्मीहरुको उल्लेखीय सहभागीता रहेको थियो । 

स्वागत सञ्चारकर्मी राम निरौलाले गरेको कार्यक्रमको सञ्चालन टोटरी क्लब अफ सुरुङ्गाकी सचिव बिनिता मैनालीले गरेकी थिइन् ।