झापा । 

झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर १ स्थित सिप्ताबारीमा जंगली हात्तीले किसानले लगाएको तीन बिघा जमिनको बालिमा क्षति पुर्याएको छ । 

चारकोसे जगलबाट बिहीवार अन्दाजी दिउसो ३ बजे आएका आठ वटा जंगली हात्तीले बाह्रदशी–१ सिप्ताबारीका कमलेश गणेश र करण गिरीले संयुक्त रुपमा  तीन बिघा जग्गामा लगाएको सुठुनी तरूलमा क्षति पुर्याएको हो । 

८ वटा जंगली हाती आएर अन्दाजी ५० कुइन्टेल सुठुनी खाँदा २ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

जंगली हात्ती आएर सुठुनीमा क्षती गरेको जानकारी पाउन साथ  इलाका प्रहरी कार्यालय राजगढ प्रहरी टोली गएर हेर्दा हात्ती जंगलतर्फ फर्केको जनाइएको छ । हात्तीले मानबिय र चौपायाको भने कुनै क्षति नगरको बताइएको छ ।