सुरुङ्गा । 

जेष्ठ नागरिक वडा समितिले कनकाई नगरपालिका वडा नम्बर ७ का १६ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । समितिले वडामा रहेका सबै भन्दा जेष्ठ ८ जना बृद्ध र र ८ जना बृद्धासहित जेष्ठ नागरिक भवन निर्माणका लागि जग्गा दाता र चन्दा दातालाईसमेत बिहीवार सम्मान गरेको हो ।

कनकाई–७ का माताहरु मनमाया उप्रेती, नरमाया शिवाकोटी, डम्मरकुमारी पोखरेल, वचरीमाया तामाङ, सेती माया तामाङ, पार्वती आङथोपो, वुदिन मुर्मु, सुकमाया तामाङलाई सम्मान गरेको हो ।

ज्येष्ठ पिताहरु खड्गप्रसाद शिवाकोटी, भीमप्रसाद प्रसाईं, नारायणप्रसाद ओली, ललितप्रसाद उपरकोटी, टेकबहादुर बोहरा, टेकबहादुर दाहाल, रोहिलीप्रसाद गौतम, चन्दा दाता वावुलाल मुर्मु, जग्गा दाता खड्गबहादुर भुजेल लगायतलाई सम्मान गरिएको जेष्ठ नागरिक वडा अध्यक्ष हरिप्रसाद शिवाकोटीले जानकारी दिए ।

जेष्ठ नागरिक वडा नं. ७ का अध्यक्ष हरिप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमका विशिष्ठ अतिथि नगर उपप्रमुख आशा शर्मा शिवाकोटी रहेकी थिइन् । 

जेष्ठ नागरिक उपसमिति संयोजक सीता रिजाल ओलीले स्वागतसहित औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव नारायणप्रसाद संग्रौलाले गरेका थिए ।