काठमाडौं । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । विमान स्थलको भन्सार कार्यालयले दुई जनालाई पक्राउ गरेको हो । 

फ्लाई दुबईको उडानमार्फत् बिहीबार राति काठमाडौं उत्रिएका गोरखा घर भएका चन्द्र घलेलाई पक्राउ गरिएको थियो। घले ठूलो परिमाणमा सुनसहित नेपाल आउन लागेको भन्ने पूर्व सूचनाका आधारमा भन्सारले निगरानी बढाएको थियो। 

 बिहीबारसम्म निगरानी जारी राखिएको अवस्थामा भन्सार कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो। घले पक्राउ परेपछि उनको कल डिटेल लगायतको आधारमा बिहीबार राति नै गोरखा नै घर भएका मिनबहादुर घलेलाई पनि पक्राउ गरिएको छ ।   

चन्द्रले सुनका ७ वटा विस्कुट शरीरमा लुकाइ–छिपाइ ल्याएका थिए। जोख्ने क्रमम उनले ल्याएको सुन १४ किलो देखिएको विमानस्थल भन्सार स्रोतले जानकारी दिएको छ।