कालीस्थान ।
कालिका बहुउद्देश्यीय सहकारी सस्थाको २१ औ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष भीष्म मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा उत्कृष्ट उद्यमीसहित १० जनालाइ सम्मान गरिएको छ ।
कार्यक्रममा बीच उत्कृष्ट बचतकर्ता मल्लिका गजुरेल र सन्तोष चिमरिया, उत्कृष्ट उद्यमी नरप्रसाद उप्रेती र आशामती चौधरी, उत्कृष्ट कर्मचारी सुमन खतिवडा, उत्कृष्ट बाल बचतकर्ता आसन लुइँटेल, शेयर सदस्यका छोराछोरीमध्ये एसइइ उत्कृष्ट बिद्यार्थीहरु उत्कृष्ट पोखरेल, दुर्गा थापा, प्रतीक्षा ओझालाई सम्मानपत्रसहित सम्मान गरिएको हो ।
संस्थाका अध्यक्ष कर्णबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा वडा नम्बर–१० का अध्यक्ष भुपेन्द्र न्यौपाने, जिल्ला सहकारी संघका लेखा समिति सदस्य प्रेमसागर सापकोटा, नगर समन्वय समिति अर्जुनधाराका संयोजक कृष्ण चापागाईं, कालिकापीठ कालीस्थानका अध्यक्ष ज्यो. लक्ष्मीप्रसाद पोखरेल, संस्थाका संस्थापक अध्यक्ष पदमलाल श्रेष्ठ, पत्रकार इन्दु पुर्बेली, झापा फुटबल संघका भगिरथ आले, श्रद्धा साकोसका युवराज प्रसाईं, सहनशील साकोसका ज्ञानु थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत उपाध्यक्ष योगप्रसाद मिश्र र संचालन केदारनाथ पोखरेलले गरेका थिए ।


















