झापा । 

झापाबाट पशुपंक्षी सम्बन्धी कसुर र लागू औषध मुद्दाका छ जना फरार प्रतिबादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको बिभिन्न मिति तथा मुद्धाको फैसला अनुसार फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चार जना पशुपंक्षी सम्बन्धी कसुर र दुई जना लागू औषध मुद्दा फैसला भई फरार रहेका थिए । 

पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा फरार रहेका मेचीनगर नगरपालिका वडा नं. १२ का २५ बर्षिय सुवास दर्जी,  सोही स्थानका ३२ बर्षिय सुनिल भन्ने दिलिप बिश्वकर्मा, ३५ बर्षिय धने भन्ने धन बहादुर तोलाङ्गे र ३१ बर्षिय टार्जन भन्ने पुर्ण बहादुर सार्की रहेका छन् । उनीहरु चारै जनालाई मिति २०८०/०३/२८ गतेको फैसला अनुसार पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा १ बर्ष कैद तथा पिडित राहत कोषमा दुई सय रुपैयाँ जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका थिए । 

त्यस्तै लागू औषध मुद्दामा पक्राउ पर्नेमा ताप्लेजुङ आठराई त्रिबेनी गाउँपालिका वडा नं. १ घर भई हाल झापाको दमक नगरपालिका वडा नं.१ बस्दै आएका २३ बर्षिय कमल घिमिरे र २० बर्षिया रेणुका घिमिरे रहेका छन् । 

उनीहरु दुवै जनालाई मिति २०८०/०८/१८ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा १० महिना कैद तथा पिडित राहत कोषमा दुई सय रुपैयाँ जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका थिए । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी आइतवार अदालतमा पेश गराएको हो । उनीहरुलाई फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको र अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।