बिर्तामोड ।

धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा किशोर भट्टराई चयन भएका छन् । ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । 

संस्थाको उपाध्यक्षमा पार्वता श्रेष्ठ र सचिवमा डा. गौरीशंकर झा चयन भएका छन् । त्यस्तै सदस्यमा माधवप्रसाद आचार्य, खड्गबहादुर तामाङ, पुष्पराज भट्टराई, गंगादेवी गौतम, कमलादेवी सापकोटा, कमलमान सिंह चौहान, रेशबहादुर बस्नेत र भीमबहादुर पौडेल चयन भएका छन् ।

संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा दुर्गानारायण चौधरी र सदस्यमा डम्बरप्रसाद ढुंगाना र सुनिता पोखरेल चयन भएका संस्थाका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिएका छन् ।

पाँचौँ कार्यकालका लागि चयन भएको नयाँ कार्यसमितिलाई भोलि पुस ६ गते हुने १६ औँ वार्षिक साधारणसभामा पद हस्तान्तरण गरिनेछ ।