बिर्तामोड । 

धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २६ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको संस्थाले १६ औं बार्षिक साधारणसभाका अवसरमा शुक्रवार (आज) बिर्तामोडमा उत्कृष्ट सेवा केन्द्र, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणि र उत्कृष्ट बचतकर्तालाई सम्मानसहित पुरस्कृत गरेको हो । 

संस्थाले उत्कृष्ट सेवा केन्द्रका रुपमा सिस्ने सेवा केन्द्रका प्रमुख मनिष आचार्यसहित सेवाकेन्द्र कर्मचारी, बिर्तामोड सेवा केन्द्रकी सकुन्तला चौधरी, गोलधाप सेवा केन्द्रकी तारादेबी ढकाल, जयपुर सेवा केन्द्रकी नर्वदा खड्का र उषादेबी राईलाई सम्मानसहित पुरस्कृत गरेको छ । 

त्यस्तै उत्कृष्ट बचत कर्ताका रुपमा उपेन्द्र साह, अनिता श्रेष्ठ, श्यामकुमार तामाङ, कल्पना बस्नेत, निशान तामाङ, तीलमाया पौडेल, इन्दिरा घिमिरे, अस्मिता सिग्देल, दिपा गड्तौला, भक्तबहादुर सुनुवार र कमला प्रधान सम्मानीत भएका छन् । 

त्यसैगरी उत्कृष्ट ऋणिका रुपमा लक्ष्मी श्रेष्ठ, निरबहादुर थापामगर, नरेन्द्रकुमार लिम्बु, नेत्रबहादुर विश्वकर्मा, तर्कराज लिम्बु, दिपक शिवाकोटी, अञ्जु गुरुङ, बेगम कार्की, चन्द्रकला बर्देवा र हरि श्रेष्ठ सम्मानीत भएका छन् । 

daula giri

संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाल प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका सञ्चालक समिति सदस्य सुशिल दाहालले गरेको कार्यक्रममा प्रमुख अतिथि दाहाल, हल्दिबारी वडा नम्बर १ का पूर्व वडाध्यक्ष त्रिलोचन सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव किशोर भट्टराईले गरेका थिए । 

सोही कार्यक्रमकाबिच निर्विरोध निर्वाचित संस्थाको नयाँ सञ्चालक समितिलाई सपथ ग्रहण तथा पदहस्तान्तरणसमेत गरिएको थियो । ९ वटा सेवाकेन्द्रसहित मुख्य कार्यालयबाट संस्थाले सेवा प्रदान गर्दै आएको छ ।

आर्थिक बर्ष २०७९÷८० सम्ममा १२ हजार ७९५ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ६ करोड १८ लाख १८ हजार ४०० रुपैयाँ रहेको संस्थाका अध्यक्ष पौडेलद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदन अनुसार कोष हिसाब २ करोड ४७ लाख १५ हजार ९८३ रुपैयाँ २३ पैसा, बचत निक्षेप ३२ करोड ११ लाख ४१ हजार ७२४ रुपैयाँ रहेको छ । त्यस्तै संस्थाले यस आर्थिक बर्षमा ३५ लाख ४९ हजार २४३ रुपैयाँ ४४ पैसा नाफा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।