हल्दिबारी । 

झापाको हल्दिबारी–३ मा कार्यालय रहेको कल्याण बचत तथा ऋण सहकारी संस्थाले १२ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । साकोसले हल्दिबारी–३ नम्बर वडा कार्यालयमा  शनिवार (आज) साधारणसभा सम्पन्न गरेको हो । 

संस्था अध्यक्ष नगेन्द्र आङ्बो लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी–३ का वडाध्यक्ष बिष्णुप्रसाद ओलीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि शुभ प्रभात सहकारीका उपाध्यक्ष गोबिन्द्र घिमिरे, आइएमई लाइफ इन्स्योरेन्सका प्रतिनिधि केशवकुमार पौडेल रहेका थिए ।भने अतिथिहरूमा वडा सदस्यहरू  कर्णबहादुर भण्डारी, बिष्णुमाया ढुङ्गेल रहेका थिए।

उक्त साधारणसभाले उत्कृष्ट कर्मचारी एजिना मेचे, उत्कृष्ट बाल बचत सदस्य आस्लेसा मेचे, उत्कृष्ट बचतकर्ता पुनम मेचे, असल ऋणि सदस्य कबिता येङ्देन लिम्बू , एसईई परिक्षामा उत्कृष्ट अङ्क ल्याएर उतिर्ण भएका छात्र पवन गिरी र छात्रा दिब्या ओली, ज्येष्ठ नागरिक उमाकान्त आचार्य, पबियादेबी महतो, निरमाया खबास, गंगामाया राई र फुर्णि मेचेलाई सम्मान गरेको थियो।