लक्ष्मीपुर । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २०८० मंसिर मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको देशकै सवै भन्दा ठूलो साकोसले शनिवार (आज) मंसीर समान्तसम्मको बित्तिय कारोबार सार्वजनिक गरेको हो ।

साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी र निर्देशक लक्ष्मण खतिवडाद्धारा हस्ताक्षरित मासिक प्रतिवेदन अनुसार कुल सम्पत्ति १५ अर्ब ५४ करोड ९३ लाख ३७ हजार ३०० २६ रुपैयाँ पुर्याउन सफल भएको छ ।  

प्रतिवेदन अनुसार उक्त अवधिमा संस्थाको शेयर पुँजी १ अर्ब ६६ करोड २ लाख ८६ हजार ४००, कुल बचत ११ अर्ब ७२ करोड २३ लाख ८८ हजार ७ सय ८८ रुपैयाँ जगेडा कोषमा १ अर्ब २३ करोड ६३ लाख ८९ हजार ४ सय ९० रुपैयाँ रहेको छ । 

त्यस्तै  कुल १० अर्ब ७९ करोड २६ लाख ८६ हजार ८ सय ४१ रुपैँया ऋण लगानी, कुल संस्थागत पूँजी १ अर्ब २७ करोड ३३ लाख ४५ हजार ८ सय ३६ रुपैयाँ,  तरलता रकम ३ अर्ब ४६ करोड ९ लाख ६८ हजार ३ सय २० रुपैयाँ रहेको छ भने  शेयर सदस्य १ लाख ६१ हजार १ सय ४२ जना शेयर सदस्य  रहेका छन् । संस्थामा हाल २९.५२ प्रतिशत तरलता रहेको र बाह्रय ऋण शुन्यमा झारेको मासिक प्रतिवेदनमा उल्लेख छ ।