झापा ।
ट्रकमा आगजनी गर्दा घाइते भएका ट्रक ड्राइभरको उपचारको क्रममा मृत्यु भएको छ । गत असोज ७ गते राति २ः४५ बजेको समयमा बिर्तामोड–६ गिरी बन्दु टि–स्टेटस्थित पूर्व–पश्चिम राजमार्गमा भारतीय ट्रकमा भएको आगजनीमा घाइते ड्राइभरको मृत्यु भएको हो ।

बिर्तामोडबाट काँकडँभिट्टातर्फ जाँदै गरेको WB73E3056 नम्बरको ट्रकलाई अपरिचित ५/४ जनाको समुहले रोकेर चालक देश भारत इस्लामपुरका ४० बर्षिय पोदो रायको भारतमा उपचारको क्रममा शनिवार साँझ मृत्यु भएको आज (आइतवार) प्रहरीले जनाएको छ ।
चालकको दाहिने हातमा, ढाडमा र अनुहारमा सामान्य घाउँचोट, अवस्था बोल्न सक्ने बीएण्डसी अस्पतालमा उपचार भइरहेको र थप उपचारका क्रममा भारतको दार्जेलिङ जिल्ला स्थित नर्थ बंगाल मेडिकल कलेजमा मृत्यु भएको बताइएको छ । घाइतेलाई सामान्य उपचार पश्चात थप उपचारको लागि भारततर्फ पठाइएको थियो ।
रायको लाश नेपालमा ल्याएर पोष्टमार्टका लागि लागि प्रादेशीक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।