बुट्टाबारी । 

आवद्ध बचत तथा ऋण सहकारी सस्था बिर्तामोड–५  ले १३ औ स्थापना दिवसका अवसरमा एक बिद्यालयलाई कुर्सी तथा खाद्यान्न  सहयोग  गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत अर्जुनधारा नगरपालिका –११ स्थित जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय एवम् बन्दी सहायता नेपालद्वारा सञ्चालित बालगृहलाई खाद्यान्न र एक दर्जन प्लास्टि«कका कुर्सी हस्तान्तरण गरिएको हो । 

बिद्यालयका प्रधानाध्यापक रन्जित परियारलाई अध्यक्ष नन्दमान भट्टराईले उक्त सामाग्री हस्तान्तरण  गरेका थिए । कार्यक्रम आवद्ध सहकारी सस्थाको स्थापना एवम् कार्यक्रमको औचित्य बारे सस्थाका ब्यवस्थापक पर्बतराज चिमरियाले प्रकाश पारेका थिए । 

बिद्यालय र बालगृह प्रति सराहनीय सहयोग र संघ सस्थाको उत्तरदायित्व बहन गर्दै नाफाको केही प्रतिशत सामाजिक कार्यका लागि छुट्याउदै हस्तान्तरण गर्दै  आएको  कार्यप्रति बिद्यालयको तर्फबाट स–धन्यवाद पत्र हस्तान्तरण गरिएको थियो । सहकारीको तर्फबाट कर्मचारी ब्यवस्थापन समिति सम्योजक बालकृष्ण चम्लागाइले शुभकामना मनतब्य राखेका थिए । 

कार्यक्रम आवद्ध सहकारी सस्थाका अध्यक्ष नन्दमान भट्टराईको अध्यक्षता सञ्चालित कार्यक्रममा स्वागत बिद्यालयकि शिक्षक गिता उप्रेतीले गरेकी थिइन् भने सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।