सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाको आयोजनामा भएको एकदिने निःशुल्क मुटुरोगीहरुका लागि स्वास्थ्य शिविरमा दुई सय १५ जना मुटुरोगीले स्वास्थ्य सेवा लिएका छन् । 

मुटु तथा सुगर, प्रेसर रोगीहरुलाई लक्षित गरेर आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरमा २ सय १५ जनाले सेवा लिएका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दङ्गालले जानकारी दिए ।  

बीएण्डसी अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा २ सय १५ जनाको मुटुको इसिजी र १स य १५ जनाको इको गरिएको स्वास्थ्य शाखा कर्मचारी नारायणप्रसाद अधिकारी बताए।

स्वास्थ्य शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर उमेशकुमार यादवसहितको १५ जना स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको नगर कर्मचारी विजय पाठकले जानकारी दिए।

स्वास्थ्य कर्मी चिकित्सकको टोलीले मुटु सम्बन्धि चेकजाँच र निःशुल्क औषधि समेत वितरण गरेको थियो । नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले हरेक महिना स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । स्वास्थ्य जाँचमा समस्या भएका विरामीहरुका लागि विशेष छुटमा उपचारको प्रबन्ध मिलाइएको अस्पतालले जनाएको छ ।

उपचारका लागि कनकाई नगरपालिका सहित छिमेकी देश भारत र छिमेकी पालिकाबाट समेत विरामीहरु स्वास्थ्य जाँचका लागि कनकाई नगर अस्पतालमा आएको र आगामी दिनमा पनि यस्ता  बिशेषज्ञ  सहितको स्वास्थ्य शिविर सन्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने बताएका छन् ।