• चन्द्र बस्नेत                                             

कनकाई ।   

झापाको कनकाई १ मा जेष्ठ नागरिकका लागि स्वस्थ प्रवर्द्धन सेवा कार्यक्रम भएको छ । कनकाई वडा नम्बर १ को आर्थिक सहयोगमा नागरिक आरोग्य सेवा केन्द्र कनकाई १ को आयोजना तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुर झापाको विशेषज्ञ सहितको प्राविधिक सहयोगमा अभिमुखीकरण तथा निःशुल्क आयुर्वेद स्वास्थ्य परिक्षण साथै औषधी वितरण कार्यक्रम भएको हो । 

केन्द्रको बार्षिक कार्यक्रम अन्तरगत झापाको कनकाई नगरपालिका वडा नम्बर १ मा एक दिने अविमुखीकरण  तथा निःशुल्क आयुर्वेद स्वास्थ्य परिक्षणका साथै औषधी वितरण  सञ्चालन गरेको कनकाई वडा नम्बर १ का वडाध्यक्ष सुशीलकुमार पोख्रेलले जानकारी दिए ।  

एकदिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा एक सय २० बढीले सेवा लिएको केन्द्रका कबिराज निरिक्षक टेकनाथ अर्यालले जानकारी दिए । अभिमुखीकरण तथा निःशुल्क आयुर्वेद स्वास्थ्य परिक्षण साथै ३ प्रकारका औषधी निःशुल्क बितरण गरिएको  कबिराज निरिक्षक अर्यालले ।  

 जेष्ठ नागरिक संघ कनकाई वडा न १ का संयोजक ऋषिकेश खतिवडाको अध्यक्षमा भएको कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलको प्रमुख आतिथ्यता रहेकोे थियोे । कनकाई १ वडाध्यक्ष  सुशीलकुमार  पोख्रेलले उद्घाटन गरेको कार्यक्रममा केन्द्रका कबिराज निरिक्षक टेकनाथ अर्यालले स्वागत तथा औचित्यमाथि  प्रकाश पारेको थिए । कार्यक्रममा कनकाई स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र दङगाल, जेष्ठ नागरिक कनकाईका सयोजक पुन्यप्रसाद बारकोटी, निवर्तमान टोल संयोजक ताराप्रसाद खनाल, लक्ष्मीप्रसाद काफ्ले, रामप्रसाद चापागाईं, डिल्लीप्रसाद भट्टराई, अनिरुद्र ओली लगायतले सेवाका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए । 

कार्यक्रम कनकाई १ का वडा सदस्य निर्मला खड्का, हरिकुमार राई, दलबहादुर थापा, संगीता लुवागुनलगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रमको सञ्चालन नागरिक आरोग्य सेवा केन्द्र कनकाई नगरकी प्रमुख रञ्जु रिजालले गरेकी थिइन् ।