बिराटनगर ।

१ नम्बर प्रदेश प्रहरी श्रीमती संघ तथा रंगेली नगरपालिकाको संयुक्त आयोजनामा  एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

बुधबार (आज) मोरङको रंगेली नगरपालिका–९ फर्साडाँगी स्थित रहेको पार्वती माध्यमिक बिध्यालयमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष सिता ज्ञवालीको सभापतित्वमा, रंगेली नगरपालिकाका प्रमुख दिलिपकुमार अग्रवालको प्रमुख आतिथ्यमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा बिराट नर्सिङ होमका मेनेजर मोहम्मद जियाउल हकसहित १२ जना बिशेषज्ञ डाक्टरहरुको टोलीद्वारा स्वास्थ्य सेवा प्रदान गरिएको थियो । 

शिविरमा स्त्री तथा प्रसुति रोग, छाला तथा यौन रोग, बाल रोग, दन्त रोग, नाक कान घाटी तथा आँखा रोग सम्वन्धि समस्या भएका ३ सय ९४ जना स्थानिय सर्व साधारण तथा स्थानिय प्रहरी कर्मचारीहरुले समेत निःशुल्क स्वास्थ्य उपचार गराएका थिए ।