बुट्टाबारी । 

‘बालबालिकामा लगानी सुनिश्चित भबिश्यको थालनी’ नारासहित झापाको अर्जुनधारा–११ स्थित जुनकीरी सार्वजनिक आधारभुत बिद्यालयमा चित्रकला तथा सास्कृतिक प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थी र बिद्यालय बिषयक चित्रकला प्रतियोगितामा क्रमश पहिलो, दोस्रो र तेस्रो प्रनिश मगर, सन्तोष मुर्मु र मिलन मुर्मु भएका थिए । त्यसैगरी नृत्य प्रतियोगितामा क्रमश पहिलो सिमा शर्मा र सुबिका ल्वागुन, दोस्रो नुमा लिम्बु, जेनिसा मगर र सुप्रीया पुरी तेस्रोमा प्रनिसा बिक, तनुजा उराउ र राधिका पासवान भएका थिए ।

गायनतर्फ दिवस दर्जी र कविता तर्फ रेखा पासवानले प्रथम स्थान हासिल गरेका थिए । उनिहरुलाई नगद, स्टेशनरीबाट पुरस्कृत गरिएको थियो । बिजेता विद्यार्थी सहभागीहरुलाई हौसला प्रदान गर्न बुटाबारीका युवा ब्यवसायी सामाजिक ब्याक्तित्व भुपेन श्रेष्ठ र मदन हुमगाईले पुरस्कार प्रायोजनको ब्यवस्थापन गरिदिएका थिए । 

सस्थापक अध्यक्ष जगतबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि सुशीला गिरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई हौसला प्रदान गर्न आएका प्रमुख अतिथि, पुरस्कार ब्यवस्थापन गर्ने दाताहरुलाई प्रधानाध्यापक रन्जित परियारले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक मनिषा मगर र सुरेखा योङ्गयाङ्गले संयुक्त रुपमा गरेका थिए ।