भद्रपुर ।
झापाको दुहागढीमा उद्योग स्थापना गरी गुणस्तरीय हल्का पेय पदार्थहरु उत्पादन गर्दै नेपालभरि बजार विस्तार गरिसकेको सिंगापुर वेभरेज नेपालका प्रवन्ध निर्देशक, युवा उद्यमी डा. आशिष शर्मालाई नेपाल जेसीजले उत्कृष्ट युवा पुरस्कारबाट सम्मान गरेको छ ।
शुक्रबार बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं महाधिवेशनका अवसरमा झापाका युवा उद्यमी शर्मालाई नगद १० हजार राशिको पुरस्कारसहित सम्मान गरिएको हो ।
महाधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले डा. शर्मालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । डा. शर्मा कोशी प्रदेशबाट पुरस्कारका लागि चयन भएका थिए ।
डा. शर्माले नेपाल जेसीले प्रदान गरेको सम्मानले आफूलाई उद्योग–व्यवसाय क्षेत्रमा काम गर्न थप प्रेरित गरेको बताउँदै यो सम्मानले आफूमा उर्जा थपिदिएको प्रतिक्रिया दिएका छन् ।


















