बिर्तामोड । 

कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा एक महिने जुत्ता चप्पल महोत्सव हुने भएको छ । ‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो । 

आगामी पुस ९ देखि माघ ९ गतेसम्म ‘प्रथम बिर्तामोड जुत्ता चप्पल महोत्सव २०८०’ आयोजना गर्न लागिएको शनिवार (आज) बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । बिर्तामोडस्थित सिटी सेन्टरमा हुने महोत्सवले स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्ताको रुचि जगाउने उदेश्य राखिएको छ । 

बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समुहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्म छुटको ब्यवस्था रहने, महोत्सव बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहने रन सुज इन्डष्ट्रिजका रुद्र न्यौपानेले बताए । उनका अनसार महोत्समा नेपालका ८ वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा वढी ब्राण्डको सहभागीता रहनेछ । मेलामा ३ हजार वढी मोडल र डिजाइनका जुत्ता चप्पल, नेपाली तथा गुणस्तरीय, नयाँ उत्पादन  सार्वजनिकसमेत गरिने न्यौपानेले जानकारी दिए । 

पत्रकार सम्मेलनमा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, ब्यवसायी उमेश राउत, महोत्सव संयोजक नानीराज घिमिरेलगायतको उपस्थिति रहेको थियो । उक्त मेला अवधिभर ३ लाख अवलोकनकर्ताको सहभागीता रहने आयोजक संस्थाले लक्ष्य लिएको छ ।