झापा ।  

झापाको बाह्रदशी गाउँपालिका–५ घोडामार टोलमा आज बिहान आगलागी भएको छ । आज (मंगलबार) बिहान ४ बजेको समयमा घोडामार टोलका अन्दाजी ५० बर्षिय बिष्णु ओझाको गुवालीमा आगलागी भएको हो । 

 गुवालीमा रहेको चुलोमा खोले पकाएर ननिभाइकन राखेकोमा अचानक आगो सल्के आगोलागी भएको छ । आगलागीबाट बिधुतीय मटर, कुटी काट्टने मेसिन सामान्य जलेको, २ वटा गाईको बाच्छा जलेर मरेको, काठपात र गुवाली पूर्ण रुपमा जलेर नष्ट  हुँदा अन्दाजी दुई लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

आगो निभाउने क्रममा बिष्णु ओझाको आगोले ढाँड तथा  हातमा पोलेर घाईते भई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाएको र उनको अवस्था सामान्य रहेको बताइएको छ । 

स्थानिय र प्रहरीको सहयोगमा आगो बिहान ४ः३० बजे नियन्त्रणमा लिइएको र  आगलागी सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।