बिर्तामोड । 

झापाको बिर्तामोड–५ मा रहेको कन्काई हस्पिटल प्रालिले इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पुनः निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोडबाट क्षतिग्रस्त इप्रका अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन पुःन निर्माण गरिएको थियो । 

संस्थाकोे सामाजिक उत्तरदायित्व अन्तरगत कनकाई हस्पिटलले सो रकम प्रदान गरेको कनकाई हस्पिटलका अध्यक्ष युवराज डाँगीले जानकारी दिए । 

युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व बिपिन बजगाँई, पदम श्रेष्ठ र रमेश चौधरीको अगुवाईमा प्रहरी कार्यालय पुनःनिर्माण गरिएको थियो । पुनःनिर्माणको करिव २२ लाख रुपैयाँ अझै भुक्तानी गर्न बाँकि रहेको जुट्ने क्रम जारी रहेको पदम श्रेष्ठले जानकारी दिए । 

यसै क्रममा कन्काई हस्पिटलले आज (सोमवार) एक लाख रुपैयाँ पुनःनिर्माणका लागि हस्तान्तरण गरेको बताइएको छ । कनकाई हस्पिटलका किरण राईले  बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईको उपस्थितिका इप्रका बिर्तामोडका डिएसपी बिजय श्रेष्ठ, पुनःनिर्माणका अगुवा पदम श्रेष्ठलगायतलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।